कर्णाली करिडोरको प्रवेशद्वार खुलालुमा पुल निर्माण, आउजाउमा सहज

  माघ ०६, २०७८

कालीकोट, माघ ६ : १२ वर्ष अघि दुई पटक शिलान्यास भएको कालीकोटको खुलालु पुल निर्माण सकिएसँगै आउजाउमा पनि सहज भएको छ ।

पुल निर्माणपछि रंगिएर सुन्दर पनि देखिन थालेको छ । कर्णाली करिडोरको प्रवेश द्वारका रुपमा रहेको खुलालु पुल वनेसँगै रङरोगन समेत भएपछि जो कोहीको पनि मन लोभ्याउन थालेको हो ।

स्टिल ट्रस्टसहितको ७५ मिटर लामो खुलालुको पुल बनेर गाडी गुडिरहेका छन । औपचारिक रुपमा उद्घाटन नभए पनि पुलमा गाडी चलाउन सुरु भइसकेको छ । पुल रंगिएको छ । जो कोही यहाँको पुलमा आउँदा फोटा खिचिहाल्छन ।

रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले निर्माण कम्पनीसँग पनि छेउको सडक मर्मत गर्नका लागि आफूले प्रस्ताव गरेको बताउनुभयो । जवाफमा निर्माण कम्पनीले आफ्नो सम्झौतामा सडक नभएकाले गर्न नसक्ने बरु केही मर्मत गर्न सकिने भनेको प्रमुख बरालको भनाइ छ । बन्दैन कि सोचेर निराश भएका बेला पुल बन्दा खुशी लागेको नगरप्रमुख बरालको भनाइ छ ।

तपाईको प्रतिक्रिया