‘पन्चेबाजा बजाउँदै’ मा सुधीर र करिश्मा

  माघ ०२, २०७८

काठमाडौं, माघ २ : गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’ बोलको भिडियो सार्वजनिक भएको छ । जुनी गजमेरले निर्माण गर्नुभएको यो भिडियो ‘रिदिन इन्टरटेनमेन्ट’ मार्फत सार्वजनिक गरिएकाे हाे ।

भिडियोमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत रहेको छ । विवाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार तथा संगीतकार येदीनले बताउनुभयो ।

गीतमा पछिल्लो पुस्ताका चर्चित मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गर्नुभएको हो । पुष्कर सुनुवारले एरेन्ज गर्नुभएको यो गीतमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया