खेलाडीलाई कोरोना : च्यासल र पुलिसको खेल स्थगित

  माघ ०२, २०७८

काठमाडौँ, माघ २ : च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबारका लागि तय भएको च्यासल र नेपाल पुलिस क्लबबीचको दोस्रो खेल स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्यासलका अधिकांश खेलाडीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि खेल स्थगित गरिएको जनाएको छ । एन्फाले च्यासल र पुलिसबीचको खेलको दर्शक टिकट बिक्रि रोकेको छ । शहिद स्मरक ‘ए’ डिभिजन लिगको टिकट बिक्रिगर्न एन्फाले सजिलो पेलाई जिम्मेवारी दिएको छ ।

जारी लिगमा च्यासल र पुलिसले आठ खेल सकेका छन् । पुलिस अहिले सात अङ्कसहित ११औँ स्थानमा छ । पाँच अङ्क बनाएको च्यासल १३औँ स्थानमा छ । च्यासलले रेलिगेसन रेखा जोगाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया