बागमती पीएम कपको सेमिफाइनलमा

  माघ ०१, २०७८

काठमाडौँ, माघ १ : बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिके्ट प्रतियोगिातको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टीयु मैदानमा शनिबार भएको समूह ‘बी’ खेलमा बागमतीले गण्डकी प्रदेशलाई ४० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमतीले दिएको एक सय ४४ रनको विजय लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रनमा समेटिएको थियो । गण्डकीका लािग विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन बनाउनुभयो । बलिङमा बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले दुई दुई विकेट लिनुभयो ।

प्रतिश जिसी, रामनरेश गिरी र रिजन ढकालले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन बनाउनुभयो । प्रतिष जिसी र सुवास खकुरेलले समान २७, लक्की कठायतले १७ र नन्दन यादवले १४ बनाउनुभयो । बलिङमा गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले दुई दुई विकेट लिनुभयो । अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले एक एक विकेट झार्नुभयो ।

तपाईको प्रतिक्रिया