प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडर

  माघ ०१, २०७८

काठमाडौँ, माघ १ : विश्व जुनियर ब्याडमिन्टन वरियतामा हालै एक नम्बरमा बन्न सफल प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन हुनुभएको छ । प्रिन्सलाई सम्मान स्वरुप योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताउनुभयो ।

शनिबार एक कार्यक्रबीचा संस्थाले दाहाललाई दुई लाख रुपियाँ र प्रशंसापत्र सहित सम्मान समेत गरेको छ । प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक बर्षसम्म आवश्यक योनेक्सका सम्पूर्ण सामाग्री प्राप्त र प्रयोग गर्नुहुनेछ । उहाँलाई एशियाली देशहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाईटर बास्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया