आजदेखि देशभर प्रदर्शनमा ‘चपली हाइट ३’

  पुष ३०, २०७८

काठमाडौं, पुस, ३० : क्राइम थ्रिलर जनरामा बनेको फिल्म ‘चपली हाइट ३’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । कोरोना महामारीको तेस्रो लहर जोखिमकाबीच प्रतीक्षित फिल्म ‘चपली हाइट ३’ को देशभरका हलमा बुकिङ खुल्ला गरिएको छ । देशभरका सबै मल्टिप्लेक्सले बुधबारबाट नै फिल्मको बुकिङ खुल्ला गराएको हो ।

‘फिल्म चपली हाइट ३’ लाई देशकै ठूलो क्यूएफएक्स चेनले २९ शो दिएको छ । यस्तै, बिग मूभिजले चपली हाइटलाई चार शो दिएको छ । वान सिनेमाजले पनि चार शो उपलब्ध गराएको छ । वीएसआर तीन शो, एफक्युबमा पनि फिल्मले सुखद् शो पाएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय  छ ।

फिल्म अर्जुन कुमारको निर्माणमा बनेको हो भने निकेश खड्काले निर्देशन गर्नुभएको छ । अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा आकाश बरालको पटकथा र संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र दीर्घ खड्काको सम्पादन छ ।

तपाईको प्रतिक्रिया