हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ सार्वजनिक

  पुष ३०, २०७८

काठमाडौं, पुस ३० : वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीत रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वर रहेको छ ।

नाट्य शैलीमा निर्माण गरिएको भिडियोमा नेपाली युवतीलाई फकाएर विदेश पुर्याउने कथा देखाइएको छ । किरण तुलाधरले एरेन्ज गर्नुभएको यो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको छ ।

भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय देख्न सकिन्छ । यो भिडियोलाई सुशील सापकोटाले खिच्नुभएको हो ।

तपाईको प्रतिक्रिया