एभरेष्ट मार्शल आर्ट्सका खेलाडीलाई पोशाक प्रदान

  पुष २५, २०७८

काठमाडौँ, पुस २५ : एभरेष्ट मार्शल आर्ट्स क्लबका खेलाडीका लागि २५ जोर ट्रयाक सुट सहयोग प्रदान गरिएको छ । मेटावो पावर टुल्सको नेपालका लागि आधिकारिक वितरक कुसुम इन्जिनियरिङ इन्टरप्राइजेज एण्ड ट्रेडका प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्रमुख राजेश प्रधानले खेलाडीलाई उक्त पोशाक उपलब्ध गराउनुभएको हो ।

खेलाडीलाई आइतबार एक कार्यक्रमबीच नेपाली काँग्रेस प्रदेश प्रमुख क्षेत्र नम्बर ९ का मोहन बस्नेत, प्रदेश सचिव श्रावण कुमार, समाजसेवी एवं पूर्व खेलाडी राजु सिंहलगायतले पोशाक हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष रञ्जित रिजाल, प्रमुख प्रशिक्षक रवि शाहीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया