‘केजीएफ २’ १४ अप्रिलमै रिलिज हुने

  पुष २५, २०७८

काठमाडौं, पुस २५ : साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’ १४ अप्रिलमा रिलिज हुने भएको छ ।

अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति कोरोना भाइरसका कारण रिलिज मिति सरेको छ । तर ‘केजीएफ २’ का निर्माणपक्षका अनुसार यो फिल्म अप्रिल १४ मै रिलिज हुनेछ ।

अभिनेता यशको जन्मदिनको अवसरमा चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरेको छ । भारतमा कोरोना भाइरसका कारण बलिउड र साउथ चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको छ ।

तपाईको प्रतिक्रिया