राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

  पुष २५, २०७८

काठमाडौं, पुस २५ : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, नेपाल मजदुर किसान पार्टीलाई मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको छ ।

यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा नौ वटा राजनीति दलका उम्मेदवारले भाग लिँदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया