१२ देखि १७ वर्षका बालबालिकालाई खोप

  पुष २५, २०७८

भक्तपुर, पुस २५ : भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन थालिएको छ । शुक्रबारदेखि मोडर्ना खोप दिने अभियान सुरु भएको हो ।

स्वास्थ्य कार्यालय भक्तपुरले आइतबारसमेत खोप अभियानलाई निरन्तरता दिएको छ । काठमाडौँ र ललितपुरमा आगामी मङ्गलबारदेखि खोप दिन सुरु गर्ने योजनामा छ ।

यी दुई जिल्लामा बालबालिकालाई फाइजर बायोन्टेकको खोप दिइनेछ । सूर्यविनायक, ठिमीलगायतका स्थानीय पालिकामा खोप लगाउन थालिएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले खोप लगाएर नभ्याउँदासम्म अभियान जारी राख्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया