नेपाली चलचित्र उद्योग उत्थानका लागि कोटा प्रणाली लागू गर्ने तयारी

  पुष २३, २०७८

काठमाडौं, पुस २३ : केही वर्षयता नेपाली चलचित्र बजारमा विदेशी चलचित्रले बाजी मार्न थालेपछि घरेलु बजारमा कोटा प्रणाली लागू गर्ने वहस भइरहेको छ । नेपाली चलचित्रको बजार माथि उठाउन विदेशी चलचित्रमा कोटा प्रणाली लागू गर्ने चलचित्रकर्मीहरुको माग रहँदैआएको छ । विदेशी चलचित्रलाई कोटा प्रणालीमार्फत प्रदर्शन गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्ने गरेपनि व्यवहारमा अहिलेसम्म लागू हुन सकेको छैन ।

सामान्य भाषामा भन्नुपर्दा हिन्दी तथा साउथ इन्डियन चलचित्रहरु नेपाली चलचित्रका लागि थ्रेट बन्नेगरेका छन् । नेपालमा विदेशी चलचित्रलाई नेपाली चलचित्रभन्दा बढी प्राथमिकता दिने गरिन्छ । विदेशी चलचित्र पनि नेपाली चलचित्र जसरी नियमित प्रदर्शन हुनेगर्दा नेपाली चलचित्र उद्योग छाँयामा पर्नेगरेको छ ।

नेपाली चलचित्रको तुलनामा विदेशी चलचित्र बढी लगानीमा निर्माण हुने र प्राविधिक हिसावले पनि सम्पन्न हुने भएरै विदेशी चलचित्रले नेपाली थिएटरमा बजार लिनेगरेको विश्लेषकहरुको बुझाई छ । नेपाली चलचित्र हेर्नेभन्दा हिन्दी चलचित्र हेर्नेको भीड लाग्ने गरेको छ । विदेशी चलचित्रप्रति नेपाली दर्शकको क्रेज झन झन बढ्दैगएको छ । यसको कारण लगानी तथा प्राविधिक पक्ष रहेको चलचित्र विश्लेषकहरुको बुझाई छ ।

शहरमा सुविधासम्पन्न नयाँ हलहरु खुल्नेक्रम पनि जारी छ । पुराना हलहरु बन्द भएर नयाँ मल्टिप्लेक्स हलहरु खुल्ने गरिए पनि नेपाली चलचित्रले बजार लिन नसक्दा नेपाली थिएटर संकटमा पर्नेगरेका छन् । विदेशी चलचित्रको क्रेज भएकै कारण चलचित्र व्यवसायीहरुले मङ्हगोमा खरिद गरेर नेपाल भित्र्याउने गर्छन् । जसका कारण हलवालाले ती चलचित्रलाई नेपाली चलचित्रलाईभन्दा बढी महत््व दिन्छन् ।

यसअघि गत जेठमा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ ले प्रदेश १ सरकारलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । प्रदेश १ मा नेपाल चलचित्रको प्रवद्र्धन गर्दै चलचित्र नगरीको रुपमा विकास गर्न विभिन्न मागसहित चलचित्रकर्मी संघले ज्ञापनपत्र बुझाएको बताएको थियो ।

नेपाली चलचित्रकर्मीले भने आफ्ना चलचित्र विकास तथा यसलाई प्राथमिकता दिन विदेशी चलचित्रमाथि कोटा प्रणाली लागू गर्नुपर्ने माग गर्दैआएका छन् । तर माग गरेपनि विदेशी चलचित्रलाई लगाम लगाउनेगरी नियम भने बन्न नसकेको चलचित्रकर्मीहरुको भनाई छ ।

नेपाल चलचित्र विकास बोर्डका एक अधिकारीकाअनुसार विदेशी चलचित्रमाथि कोटा प्रणाली लगाउने विषयमा वहस भएपनि टङ्गो लागिसकेको छैन । यस विषयमा छलफल जारीरहेको उहाँको भनाई छ । त्यसका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया