सर्लाहीको हरिवनस्थित अस्पतालको फार्मेसीमा सिल

  मंसिर २०, २०७८

सर्लाही, मंसिर २० : अवैध र अनुमति नभएको औषधि बेचिएको पाइएपछि सर्लाहीको एक अस्पतालको फार्सेसी सिल गरिएको छ ।

सर्लाहीको हरिवनमा रहेको सरस्वती अस्पतालको फार्मेसीलाई सोमबार औषधि व्यवस्था विभागको टोलीले छापा मारी सिल गरेको हो । साथै उक्त फार्मेसी दर्तासमेत नभएको पाइएपछि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जबाट आएको टोलीले सिल गरेको हो ।

टोलीमा रहेका डा चन्देश्वर यादवसहित तीन जनाको टोलीले आज (सोमबार) हरिवन क्षेत्रका औषधि पसलहरूको छड्के अनुगमन गरेको थियो । उनले फार्मेसीलाई तत्कालै सिल गरेर त्यसका सञ्चालकलाई औषधि व्यवस्था विभागमा आउन भनिएको बताए ।

तपाईको प्रतिक्रिया