बाजुरा अटो दुर्घटनामा दुई जनाको मृत्यु

  मंसिर १९, २०७८

बाजुरा, मङ्सिर १९ : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५:३० मा दुर्घटनामा परेको हो । अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।

तपाईको प्रतिक्रिया