सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर विजयी

  मंसिर १९, २०७८

कैलाली, मंसिर १९ : नेपाली कांग्रेसको १४औँ महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट पूर्वमन्त्री वीरबहादुर बलायर सभापति पदमा विजयी हुनुभएको छ ।

चारसय आठ मतान्तरणले विजयी हुनुभएका उहाँले कूल एक हजार तीन मतमध्ये ६८८ मत ल्याउनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ तथा महामन्त्रीमा नरनारायण शाह ‘मनु’ले ६४८ र मेघराज खड्काले ६३५ मत ल्याएर विजयी हुनुभयो ।

सहमहामन्त्रीमा गोपालदत्त भट्टले ५२९, चिन्तामणि भट्टले ५३३ र अम्बिकाकुमारी चलाउनेले ६८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।अन्य सदस्यको भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया