विक्की र कट्रिनाको विवाहका लागि ४५ होटल बुक

  मंसिर १३, २०७८

काठमाडौं, मङ्सिर १३ : बलिउड कपल विक्की कौशल र कट्रिना कैफको विवाहको खबर बाहिरिए पनि अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गर्नुभएको थिएन । तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दै हुनुहुन्छ ।

विवाहका लागि केही समय अगाडिबाट नै तयारी शुरु गरिएको छ । मिडिया रिपोर्टका अनुसार विवाहका लागि करिब ४५ वटा होटल बुक गरिएको छ । यहाँ ठूला होटलहरू छैनन्, रणथम्भोरमा साना होटलहरू छन् । यही डिसेम्बर ७ गतेदेखि हुने विवाहमा धेरै स्टारहरु सहभागी हुनुहुनेछ ।

तपाईको प्रतिक्रिया