एमाले महाधिवेशनमा मतदान गर्ने समय राती ९ देखि १ बजेसम्म

  मंसिर १३, २०७८

काठमाडौं, मङ्सिर १३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि सोमबार राति ९ देखि १ बजेसम्मको समय छुट्याएको छ ।

महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षसहित उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुने एमालेको दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । मतदान सोमबार राति ९ बजेदेखि १ बजेसम्म हुने छ ।

तपाईको प्रतिक्रिया