एमाले बन्दसत्रको कार्यसूचि तयार : सहमति नभएको पदमा सोमबार मतदान

  मंसिर १२, २०७८

सौराह, मङ्सिर १२ : नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न अध्यक्ष मण्डलके बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार नभएको पदमा भोलि मतदान हुने छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ ।

त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया