ठूला माछा, साना माछा सडक नाटक प्रदर्शन हुँदै

  मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : राजधानीका विभिन्न स्थानमा ‘तःरिम्ह न्याँ, चिरिम्ह न्याँ’ (ठूला माछा, साना माछा) नामक सडक नाटक प्रदर्शन भैरहेकाे छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतना अभिवृध्दिकाे लागि उपत्यकाको १० स्थानमा प्रर्दशन हुने नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका असोज महर्जनले जानकारी दिनुभयाे ।

शिल्पी थिएटरको प्रस्तुतीमा शनिबार ११ गते ललितपुरको चापागाउँ र थेचोमा साे सडक नाटककाे उद्घाटन गरिएकाे थियाे । साे सडक नाटक कीर्तिपुर, बालाजुलगायतका स्थानमा पनि देखाइने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया