सलमानको ‘अन्तिम’ ले पहिलो दिनमै साढे चार करोड कमायाे

  मंसिर ११, २०७८

काठमाडाैं, मङ्सिर ११ : अभिनेता सलमान खान र आयुष शर्माको चलचित्र ‘अन्तिम फाइनल टुर्थ’ ले पहिलो दिन नै साढे चार करोड कमाएको भारतीय मिडियाले जनाएका छन् । चलचित्र २६ नोभेम्बर शुक्रबार रिलिज भएको थियो ।

चलचित्रले पहिलो दिन नै चार कराेड २५ लाखदेखि साढे चार करोडको बक्स अफिस कलेक्सन गरेको छ । चलचित्रले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । शनिबार फिल्मले अझ बढी कलेक्सन गर्ने अपेक्षा गरिएकाे छ ।

तपाईको प्रतिक्रिया