बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

  मंसिर ०८, २०७८

स्कोपजे, मङ्सिर ८ : उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् ।

सो दुर्घटनामा परेर जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन् । यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेरपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन् ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार दिउँसो २ बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन । यहाँको सरकारले मङ्गलबारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरुमा पनि कुनै औपचारिक कार्यक्रम नगरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया