जसपाको कार्यकारिणी समिति बैठक बस्दै

  मंसिर ०५, २०७८

काठमाडौं, मङ्सिर ४ : जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ । पार्टीका कार्यालय बालकुमारीमा  बिहान ११ बजे बैठक बस्ने पार्टीका कार्यलय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

पार्टी कार्यालय प्रमुख अधिकारीले बैठकमा हालको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो । साथै जसपाले पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा बैठकमा पछि छलफल हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार सांसद यादवले स्पष्टीकरण बुझइसक्नुभएको छ । यसबारे भोलिको बैठकमा छलफल हुने छ । जपाले गत कात्तिक ११ गते यादवलाई स्पष्टीकरण सोधेको थियो ।

सांसद यादवले मन्त्री नपाएको भन्दै जिल्लादेखि केन्द्रसम्म पार्टीको विरुद्ध आन्दोलन गर्न लगाएको भन्दै पार्टीले उहाँसँग सात बुँदे स्पष्टीकरण सोधेका थियो ।

तपाईको प्रतिक्रिया