प्रदेश २ का उद्योगमन्त्री राय पदमुक्त

  कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री रायलाई पदमुक्त गर्नुभएको हो । तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हाल्ले हुनुभएको छ ।

तपाईको प्रतिक्रिया