म्यान्चेस्टर सिटीको एकपक्षीय जित

  कार्तिक ०३, २०७८

बु्रग (बेल्जियम), कात्तिक ३ : च्याम्पियन्सिप लिगमा म्यान्चेस्टर सिटीले मङ्गलबार राति बेल्जियमको क्लब बु्रगलाई ५–१ ले सजिलै हराएको छ ।गत महिना लियोनेल मेसीको टिम पेरिस सेन्ट जर्मनसँग हारेपछि प्रिमियर लिग च्याम्पियन सिटीले शशानदार पुनरागमन गरेको हो ।

समूह एमा म्यान्चेस्टर सिटीको तीन खेलबाट छ अङ्क भएको छ । बु्रगभन्दा सिटी दुई अङ्कले अगाडि छ । सिटीका सुरुदेखि नै विपक्षीविरुद्ध बनाएको दबाबको परिणाम पूर्वार्द्धमा नै जोआओ कान्सेलो र रियाड महराजको गोलबाट प्राप्त गर्यो । महराजले मध्यान्तरपछि पनि गोल गर्नुभयो ।

सिटीका लागि अन्य गोल काइल वाल्कर र स्थानापन्न खेलाडी कोल पाल्मरले गर्नुभयो । पाल्मरले च्याम्पियन्स लिगको पदार्पण खेलमा नै गोल गर्नुभएको हो । घरेलु टिममा खेलिरहेको क्लब बु्रगका लागि खेलको ८२ औँ मिनेटमा हान्स भानेकेनले एक गोल फर्काउनुभयो । जुन बेल्जियमको टिमका लागि सान्त्वना मात्र बन्यो ।

तपाईको प्रतिक्रिया