मेसीको दुई गोलमा पिएसजीलाई सफलता

  कार्तिक ०३, २०७८

पेरिस, कात्तिक ३ : लियोनेल मेसीले फटाफट दुई गोल गरेपछि च्याम्पियन्स लिगमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले जर्मनीका लेप्जिगलाई ३–२ ले हराएको छ ।

खेलको नवौँ मिनेटमा नै किलियन एमबापेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । लेप्जिगका स्ट्राइकर एन्द्री सिल्भाले २८ औँ मिनेटमा बारबरी गोल गर्नुभयो । त्यसपछि खलको ५७ औँ मिनेटमा नोर्डी मुकीलीले पनि गोल गरेपछि लेप्जिग अगाडि भयो ।

मेसीले खेलको ६७ औँ मिनेटमा गोलपोष्ट नजिकबाट गोल गरी पिएसजीलाई खेलमा फर्काउनुभएको हो । खेलको ७४ ओँ मिनेटमा मेसीले पेनाल्टीमा गोल गी आप्mनो टिमलाई जिताउनुभयो । सो पेनाल्टी एमबापेले जित्नुभएको थियो ।

च्याम्पियन्स लिगमा मेसीले १२३ गोल गरिसक्नुभएको छ । मेसीले च्याम्पियन्स लिगमा कम्तीमा दुई गोल गरेको यो ३४ औँ पटक हो च्याम्पियन्स लिगमा मेसीभन्दा धेरै गोल क्रिस्टियानो रोनाल्डो (१३७)ले मात्र गर्नुभएकोछ ।

तपाईको प्रतिक्रिया