खराब मौसमले देशका विभिन्न भागबाट हुने दर्जनौं उडान प्रभावित

  कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : सोमबार देखिको निरन्तर परेको पानीका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाका अनुसार आधादर्जन बढी उडान रद्द भइसकेको छ भने १५ बढी उडान डिले भएको जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले काठमाडौंबाट हुने केही उडान सुचारु भएका छन् ।

विमानस्थलको तथ्याङक अनुसार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौंनै फर्किएको थियो । काठमाडौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाडौं आउने सबै उडान डिले भएको छ भने मनाङमा कुनै उडान हुनसकेको छैन । काठमाडौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।

काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगढी जाने सौर्य एअरको उडान रद्द भएको छ भने काठमाडौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ । देशैभर खराब मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ तर काठमाडौंमा भने सामान्य अर्थात पाँच किलोमिटर भिजिवलिटी भएको जनाएको छ । काठमाडौं बाहिरका विमानस्थल आसपास मात्र नभएर उडान हुने रुटका कारणले पनि भिएफआर र आइएफआरमा उडान गर्ने दुवै प्रकारका उडान प्रभावित बन्ने गरेको शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया