पन्ध्रौं कन्यादेवी कपको उपाधि तल्लो चिप्लालाई

  कार्तिक ०१, २०७८

लमजुङ, कात्तिक १ : लमजुङको मस्र्याङदी गाउँपालिका ४ मिप्रामा सञ्चालित पन्ध्रौं कन्यादेवी कप २०७८ को उपाधी लालीगुराँस युवा क्लब तल्लोचिप्लाले हात पारेको छ ।

कन्यादेवी युवा क्लब मिप्राले हिन्दुहरुको महान पर्व बिजयादशमी २०७८ को अवसरमा आयोजना गरेको कपको आइतबार भएको फाइनल खेलमा मस्र्याङदी गाउँपालिका ५ स्थित तल्लोचिप्लाले शून्यकाविरुद्ध ५ गोलले शिलादेवी युवा क्लब मस्र्याङदी गाउँपालिका ३ लाई हराउँदै उपाधी जितेको हो ।

उपाधीसंँगै तल्लोचिप्लाले ६० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता सिउरुङले ४० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्तगरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा शिलादेवी युवा क्लब सिउरुङका आषिक गुरुङ र सर्वाधिक गोलकर्तामा लालीगुराँस युवा क्लबका राजु गुरुङ घोषित भएका छन् । दुवैलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक प्रदिप गुरुङले जानकारी दिनुभयो ।

बिजयी खेलाडीलाई वडाअध्यक्ष सुमन गुरुङ, मिप्राटोल संयोजक दलबहादुर गुरुङ, आयोजक कन्यादेवी युवा क्लबका अध्यक्ष सुब्बा गुरुङ, पूर्व अध्यक्ष राजकुमार गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो । महिलातर्फको फाइनल खेलमा आयोजक कन्यादेवी युवा क्लब मिप्रा आयोजक र अन्नपूर्ण युवा क्लब छापाबीच भएको थियो ।

खेल अवधिभर १–१ गोलको बराबरी पछि ट्राईबेकरमा २ का विरुद्ध ३ गोल गरी आयोजक क्लब बिजयी भएको छ । पहिलो हुने आयोजक टिमलाई १५ हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गएिको छ । दोस्रो हुने छापालाई १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया