साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत

  कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो ।

टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुग्नुभएको थियो । मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० अन्तरले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । 

तपाईको प्रतिक्रिया