कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध

  कार्तिक ०१, २०७८

तम्घास, कात्तिक १ : आइतबार साँझबाट परेको अबिरल बर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरमा बाटो अबरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिकाको २ अर्बेनीदेखि पुिर्तघाट सडकखण्डको कनौटा र उर्लेनीको बिभिन्न स्थानमा पहिरो खसेको हो । पहिरोका कारण सडक अबरुद्ध हुँदा अर्बेनीदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने र पुर्तिघाटबाट बुटवलका लागि छुट्ने सवारीहरु चल्न सकेका छैनन् ।

निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ । यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले पानी रोकिए लगत्तै सडक खुलाउन डोजर पठाउने बताउनुभयो ।

यस्तै गुल्मीका अधिकांश स्थानीय सडकहरु पनि पहिरोका कारण अबरुद्ध भएका छन् । पानी पर्नेक्रम जारी रहेकाले थप सडक अवरुद्ध हुनसक्ने चिन्ता स्थानीयको छ ।

तपाईको प्रतिक्रिया