डडेलधुरा र डोटीमा अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी

  कार्तिक ०१, २०७८

काठमाडाैं, कात्तिक १ : नेपालकाे पश्चिम क्षेत्रका डडेलधुरा, डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा अति भारी वर्षा भएको जनाइएकाे छ । ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा बाढी आउन सक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ ।

‘डढेलधुरा, डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा अति भारी वर्षा भएको तथा थप हुने पूर्वानुमान रहेकोले रंगुन नदी तथा सो क्षेत्रका अन्य स-साना नदीहरूमा बाढी आउन सक्ने हुँदा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔँ।’ नेपाल बाढी सूचनाले सामाजिक सञ्जाल टिव्टरमा साे कुरा उल्लेख गरेकाे छ ।

रंगुन नदी तथा सो आसपासका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आह्वान गर्दै सूचना जारी गरेको हाे । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ । त्यसैको कारण हाल देशको अधिकांश स्थानमा बदली छ । विभागका अनुसार बुधबारसम्म वायुकाे प्रभाव रहने र बिहीबारदेखि मात्र माैसम सामान्य हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया