हमाल नेकपा एकिकृत समाजवादीको जिल्ला इन्चार्जमा चयन

  असोज ३१, २०७८

हुम्ला असोज ३१ : हुम्लाका पुराना कम्युनिष्ट नेता लोकबहादुर हमाललाई नेपाल कम्युनिष्ट पार्र्टी एकिकृत समाजवादीले हुम्ला जिल्लाको इन्चार्जमा चयन गरेको छ । माधब कुमार नेपालका निक्कै निकट मानिने हमाललाई सो पार्टीले केही दिन अघि केन्द्रीय सदस्य र हुम्ला जिल्ला इन्चार्जमा चयन गरेको हो ।

पार्टीले जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य समेत रहेका हमाललाई चयन गरेको उक्त पार्टीका जिल्ला उपाध्यक्ष तिर्थराज रोकायाले बताउनुभयो । त्यसैगरी सहइन्चार्जमा पार्टीका जिल्ला अध्यक्ष शिबराज शर्मा र केन्द्रीय सदस्य हस्त बहादुर शाहीलाई चयन गरिएको छ । अब दुई महत्वपूर्ण पदको चयन भएसँगै सो पार्टीले जिल्लामा पूर्णता पाएको छ । जिल्ला इन्चार्ज र सहइन्चार्ज तीनै जना नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । हमाल यसअघि एमाले र नेकपा हुँदा प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी, सहइन्चार्ज शाही नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सचिव र उपाध्यक्ष भई सक्नुभएको छ । एमाले हुम्लाको सचिवालय सदस्य समेत रहेका थिए । भने माअ‍ोवादी र एमाले मिल्दा सो पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए । अर्का सहइन्चार्ज शर्मा पनि एमाले र नेकपाको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । जिल्ला सह इन्चार्जमा चयन भएसँगै अध्यक्ष शर्माले थप जिम्मेवारी थपिएकाले पार्टी संगठन निर्माणको अभियानमा लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया