सुर्खेतमा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु, आठ जना घाइते

  असोज ३१, २०७८

सुर्खेत, असोज ३० : सुर्खेतको वीरेन्द्रनगरमा मिनिबस दुर्घटना भएको छ । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदैगरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउँसो साढे चार बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ बर्षिय सुशील रावत र भगवतिमाई गाउँपालिका १ का ३४ बर्षिया शान्ता आचार्यको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं डिएसी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना समान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइतेहरुको प्रदेश अस्पताल, माया नसिंङ होममा उपचार भइरहेको घर्तीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया