रुसी राष्ट्रपति पुटिनद्वारा अष्ट्रियाका शालेनबर्गलाई बधाइ व्यक्त

  असोज २७, २०७८

मस्को, असोज २६ : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अष्ट्रियाका पूर्वविदेश मन्त्री अलेक्जेण्डर शलेनबर्गलाई संघीय चान्सलरका रूपमा नियुक्त भएकामा बधाइ दिएका छन्। सेबास्टियन कुर्जको आश्चर्यजनक राजीनामा आएपछि शलेनबर्गले उक्त भूमिका पाएका हुन् । 

“रुस र अष्ट्रिया बीचको सम्बन्ध परम्परागत रूपमा रचनात्मक रहेको छ । मलाई आशा छ कि सरकार प्रमुखको हैसियतले तपाइँका गतिविधिहरूले हाम्रा राष्ट्रहरूको हितको लागि विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगको विकासलाई बढावा दिनेछन्,” पुटिनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सन्देशमा लेखेका छन् ।

३५ वर्षीय कन्जर्भेटिभ नेता सेबास्टियन कुर्जलाई सार्वजनिक सञ्चार कोषको प्रयोग गरी मिडियालाई आफू अनुकूल प्रयोग गरेको आरोप छ।

तपाईको प्रतिक्रिया