६९१ संक्रमित थपिए, ९१० जना कोरोनामुक्त, १४ को मृत्यु

  असोज २७, २०७८

काठमाडौं, असोज २६ : पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा १०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९१० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २५७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १४ हजार ५५४ जना छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ८२४ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया