उपमेयर कप महिला फुटबल प्रतियोगिता कात्तिक ४ गतेबाट

  असोज २५, २०७८

काठमाडौं, असोज २५ : उपमेर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिता खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताका आगामी ४ गतेबाट शुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक ४ गतेबाट शुरु हुने प्रतियोगिचाको खेल तालिका सार्वजनिक गरेको हो ।

३१ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितालाई एन्फाले १० समूहमा विभाजन गरेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनुहुने छ ।

उक्त प्रतियोगिताको विजेताले पाँच लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले तीन लाख र फेयर प्ले टिमले ३० हजार पाउने छन् । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागतर्फका उत्कृष्ट हुनेले समान २०–२० हजार पाउने छन् ।

तपाईको प्रतिक्रिया