हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा

  असोज २५, २०७८

काठमाडौं, असोज २५ : चर्चित हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिनुभएको छ । सोमबार मनोज र न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा बिवाह गर्नुभएको हो ।

गजुरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स र तस्वीर राख्दै आफूहरु बिवाह बन्धनमा बाँधिएको जानकारी दिनभएको हो । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स र तस्वीर राख्दै आफूहरु बिवाह बन्धनमा बाँधिएको जानकारी दिनभएको हो ।

२२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै चर्चित हास्यकलाकार मनोजले २०७४ साल माघमा सम्बन्ध विच्छेद गर्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया