गण्डकीमा विश्वकर्मा बिना विभागीय मन्त्री नियुक्त

  असोज २५, २०७८

पोखरा, असोज २५ : गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार सोमबार साँझ मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डोबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो । विनाविभागिय मन्त्री विश्वकर्माले सोमबार साझै पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

यसअघि नै मन्त्री बन्ने चर्चा भएर सपथका लागि जाँदै गर्दा नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि ब्यापक आलोचना भएको थियो । नबनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया