३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी

  असोज १०, २०७८

काठमाडौं, असोज १० : जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ शुरु भएको छ । आइतबार बिहान जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणलाई हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिनुभयो । उहाँले आज हुने सुनुवाइ भने अन्तिम नभएको बताउनुभयो ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा ३८ क्विन्टल सुन तस्करी प्रकरण बाहिर आएको थियो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा शाक्यको मृत्यु भएको थियो । शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा  मृत्यु भएको थियो । शाक्यको हत्याको अनुसन्धानका क्रममा सुन तस्करीको र्याकेट पत्ता लागेको थियो ।

तपाईको प्रतिक्रिया