थारु गीत ‘ओ सजन’ सार्वजनिक

  असोज ०८, २०७८

काठमाडौ, असोज ८ : चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक नरेशको शब्द तथा सङ्गीत छ । गीतलाई गणेश चौधरीले एरेञ्ज गर्नुभएको छ ।

म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड हुनहुन्छ । पल र कवितासँगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया