माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित हुने

  असोज ०६, २०७८

काठमाडौं, असोज ६ : नेकपा (माओवादी केन्द्र) को स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

उहाँले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले मन्त्रिमरिषद् विस्तारलाई पूर्णता दिने विषयमा केन्द्रित भएर छलफल हुने र माओवादीको तर्फबाट मन्त्री बन्नेहरुको नामको टुंगो लगाइने बताउनुभयो । ‘सर्वोच्चमा मुद्दा, अध्यादेशको प्रक्रिया, संसद अवरुद्धलगायतका कानुनी पक्ष समाधान भएपछि मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने कुरा भएको छ,’ उहाँले भन्नुभयो, ‘कानुनी पक्षहरुलाई पूर्णता नदिँदासम्म आंंशिक रुपमा गरेमात्रै हो । नत्र अझै मन्त्रिपरिषद् विस्तार हुन समय लाग्ने देखिन्छ ।’

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धका शीर्ष नेताको बैठकले आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । सचेतक गुरुङले काँग्रेस र माओवादीको कानुनी समस्या नभएको बताउनुभयो । मन्त्रीको नामबारे सहमति भयो भने जुनसुकैबेला पनि नाम पठाउन सकिने उहाँले जानकारी दिनुभयो । त्यस्तै आजै काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीको बैठक पनि बस्दैछ । काँग्रेसले पनि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया