भाेलिबाट नयाँ नोट साट्न पाइने

  असोज ०३, २०७८

काठमाडौं, असोज ३ : सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिनुभयो । सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताउनुभयो । 

प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने उहाँले बताउनुभयो । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन ।

तपाईको प्रतिक्रिया