तस्बिरमा काठमाडाैंकाे इन्द्रजात्रा

  असोज ०३, २०७८

काठमाडाैं, असाेज ३ : भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन कुमारी र गणेशकाे रथ यात्रा गरियाे  तल्लोटोलमा रथयात्रा चलाइएकाे र सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।    
    
असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

तपाईको प्रतिक्रिया