अमेरिकाद्वारा २३१ रनको लक्ष्य प्रस्तुत, नेपालको उत्कृष्ट सुरुवात

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : अमेरिकाले नेपाल समक्ष २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्तको पहिलो खेलमा अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको छ ।

जवाबमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । १४ औं ओभरको खेल जारी रहदा नेपालले एक विकेटको क्षतिमा ६६ रन जोडेको छ । नेपालका लागि कुशल भुर्तेलले ३९ तथा आशिफ शेष ले २३ रन बनाउनुभएको छ । आशिफ शेष २३ रन बनाएर पेभेलियन फर्किनुभयो । दुबै जनाले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्नुभयो। हाल कुशल र कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिंग गर्नुभएको छ।

त्यसअघि, ओमानको अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको थियो । अमेरिकाका लागि मनाङ्क पटेलले शतकीय पारी खेलेपछि अमेरिकाले सम्मानजनक योगफल तयार गर्न सफल भयो । उहाँले मात्र ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा एक सय रनको योगदान दिनुभयो ।

नेपालको प्रमुख बलर सोमपाल कामी विकेटविहीन रहनुभयो । उहाँले नौ ओभरमा ४४ रन खर्चिनुभयो । बिक्रम सोबले छ ओभरमा ३३ रन खर्चेर दुई तथा सन्दीप लामिछानेले दश ओभरमा ३५ रन खर्चेर दुई र सुशन भारीले दश ओभरमा ३१ रन खर्चेर दुई विकेट लिनुभयो । कुशल मल्लले एक विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया