तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् ।

प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू, अघिल्लो प्रशासनका लागि काम गरिरहेका र पत्रकारहरूलाई घरघरमा पुगेर गिरफ्तारी गर्ने र यातना दिने गरिएको घटनाको भर्त्सना गरेकी छिन् ।

विभिन्न स्थानमा तालिबानका नजरमा शत्रुवत् ठानिएकाहरू मृत अवस्थामा समेत भेटिएका छन् । उनले जेनेभामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई गरेको रेपोर्ट अनुसार कथित कार्यवाहक मन्त्रिपरिषद्को समावेशीताको सवाल केवल प्रचारवाजी मात्र रहेको जसमा महिला र गैर तालिबानको संलग्नता नरहेको बताएकी छिन् ।

अफगानिस्तानमा तालिबानको सत्ता सुदृढीकरणको लागि गत हप्ता पुरुष वफादारहरूको सरकारको घोषणा एक सैन्य विजयको थप शृङ्खला थियो जसको आशय अगस्ट १५ मा अमेरिका समर्थित प्रशासनको पराजय भएको देखाउनु थियो ।

१९९६ देखि २००१ सम्म क्रूर र दमनकारी शासनका लागि कुख्यात तालिबानले यस पटक त्यसलाई बिर्साउन र लोकप्रियता कमाउन अझ धेरै आश्वासन दिएको छ । तर सरकारका मुख्य नियुक्ति र अन्य विषयले गर्दा उक्त आश्वासनमा शङ्का उत्पन्न भएको छ ।

गत महिना एक विशेष सत्रका क्रममा अनुरोध गरिएको अधिकार स्थितिको बारेमा काउन्सिल को एक अपडेट मा अधिकार प्रमुखले जोड दिदै भनेकी छिन् धेरैजसो अफगानीहरू दशकौंदेखि जारी संघर्ष र विभाजन को अन्त्य हेर्नका लागि उत्सुक थिए । उनले थपिन् “उनीहरू देशमा शान्ति र स्थिरता चाहन्छन् जहाँ आफू र आफ्ना बच्चाहरू बच्चाहरु समृद्ध हुन सकून् ।

अनले तालीबानीहरूको महिला अधिकार र सम्मानको घोषणाको विषयलाई स्मरण गराएकी छिन् तर पछिल्ला केही हप्तादेखि महिलाहरूले सार्वजनिक सेवाहरू छाडिरहेको विषयले भने उक्त घोषणाको विपरीत गतिविधिहरू देखिएको छ । उनले महिला र अन्य अधिकारका विषयलाई सम्बोधन र लागू गर्नका लागि एक प्रभावकारी सम्यन्त्र बनाउन आग्रह गरेकी छिन् ।

केही अधिकारवादी समूह र केही देशहरूले यो आशा पनि व्यक्त गरेका छन् कि अक्टोबरसम्म चल्ने वर्तमान काउन्सिल ले यस विषयमा थप प्रभावकारी निर्णय लिनेछ ।

राष्ट्र सङ्घका महासचिवले मानवीय सहयोग जुटाउन सम्मेलन गर्नुहुँदै

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानका लागि मानवीय सहायता जुटाउन आज उच्च स्तरीय सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ । अफगानिस्तानको ३४ मध्ये २७ प्रान्तमा खाद्य संकट तथा पोषणयुक्त आहारको संकट चुलिरहँदा उहाँले सम्मेलनको आयोजना गर्न लाग्नुभएको हो ।

राष्ट्र सङ्घका अनुसार अफगानिस्तानमा आगामी एक वर्षसम्म पाँच वर्ष मुनिका प्रत्येक दुईमध्ये एक बालबालिका र गर्भवती प्रत्येक पाँचमध्ये एकलाई पोषणयुक्त आहारको आवश्यकता रहेको छ । गुटेरसले सामाजिक सञ्जाल ट्वीटरमा आफू मानवीय सहयोग जुटाउन उच्चस्तरीय सम्मेलनको आयोजना गर्न लागेको जानकारी साझा गर्नुभएको छ ।

गत् शुक्रबार राष्ट्र संघका प्रवक्ता स्टिफन डुजारिकले गुटेरसले आगामी साता स्वीटजरल्याण्डको जेनेभा भ्रमण गर्नुहुने र त्यहाँ मन्त्रीस्तरीय बैठक गर्नुहुने बताउनुभएको थियो । राष्ट्रपति अशरफ घानीले देश छोडेर पलायन हुँदा तालिबानले अगष्ट १५ मा राष्ट्रपति निवास कब्जामा लिएको थियो । गएको छ महिनादेखि अफगानिस्तानमा तालिबान र सुरक्षाकर्मीबीचको मुठभेडको असर सर्वसाधारणको जनजीविकामाथि परेको छ ।

तपाईको प्रतिक्रिया