पूर्वपश्चिम राजमार्गको सुनवल खण्डमा बेलिब्रिज बनाइँदै

  भदौ २८, २०७८

नवलपरासी, भदौ २७ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा रहेको तरिया खोलाकाे पुल भाचिएको स्थानमा बेलिब्रिज निर्माण कार्य शुरु भएको छ ।

भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पुर्वपश्चिम राजमार्गको पश्चिम नवलपरासी सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल बाडीका कारण भाँचिएका थिए । यी दुई खोलामा रहेका सिमेन्टका पक्की पुलहरु भाँचिए पछि पूर्वपश्चिम राजमार्गमा १५ दिनदेखि आवागम ठप्प रहेको छ ।

सडक डिभिजन कार्यालय बुटवलको अग्रसरतामा घाडाहा खोलामा अस्थायी रुपले पुरानो पुल देखि उत्तर तर्फबाट डाईवर्सन निर्माण गरिएको छ भने सुनवलको तरिया खोलामा भाँचिएको पक्की पुल कै माथिबाट बेलिब्रिज निर्माणको काम भईरहेको सडक डिविजन कार्यालय बुटवलका प्रमुख ईञ्जीनियर जयलाल मरासीनीले बताउनु भएको छ ।

तरिया खोलामा गत आईतवारदेखि बेलिब्रिज निर्माणको काम शुरु गरिएको छ भने पुलको निर्माण कार्य चार दिनमा तयार हुने गरी जडानको काम भइरहेको बेलिबृज विशेषज्ञ उद्यव राना मगर बताउनुभएको छ । तरिया खोलामा पानीको बहाव पनि बडि भएको खोलको गहिराई पनि बडी भएको र डाईभर्सन बनाउनका लागि प्रयाप्त स्थानको समेत अभाव भएका कारण भाँचियको पुलको माथि नै बेलिब्रिज जडान गर्न लागिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मरासीनिले बताउनु भएको छ ।

भदौको दोस्रो हप्तामा परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीको सुनवल र देवदहको घोडाहामा पक्की पुल भाँचिएका थिए भने दर्जनौं स्थानमा सडक मर्मतका क्रममा वर्दघाटदेखि बुटवलसम्मको दुरीमा बनाईएका करिब एक दर्जन डाईभर्सनहरु बाढीले बगाएको थियो । पुल र डाईभर्सनहरु वगाए पछि अहिले पूर्व पश्चिम राजमार्गमा हिडने लामो दुरीका सवारी साधनहरु पश्चिम नवलपरासीको भुमहिदेखि भैरहवा बुटवल हँुदै जाने गरेका छन भने भुमही देखि बुटवल जाने पूर्वपश्चिम राजमार्गको सडक खण्डमा यातायात ठप्प रहेको छ ।

तपाईको प्रतिक्रिया