सङ्गीत तथा चलचित्र क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वहरू सम्मानित हुने

  भदौ २६, २०७८

काठमाडौँ, भदौ २४ : कोरोना महामारीका कारण सुस्ताएको गीत, सङ्गीत तथा चलचित्र क्षेत्रमा योगदान पु¥याएका मुर्धन्य व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ । रिविसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड २०७६ को आयोजना गरी विविध विधामा सम्मान गर्ने भएको हो ।

निर्देशक, कलाकार, प्राविधिकका साथै सङ्गीत र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरुलाई प्रोत्साहन र सम्मान गरिने लक्ष्यसहित अवार्ड समारोहको आयोजना गरिने रिविसु मिडियाका अध्यक्ष विवेक लोप्चनले जानकारी दिनुभयो । उक्त क्षेत्रमा दुई दशक भन्दा लामो समय योगदान दिनुभएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्धारा सम्मान गरिने भएको छ ।

यस सामारोहका लागि वि.स. २०७७-७८ मा बजारमा आएका गीत सङ्गीत, वि.स. २०७३ देखि हालसम्म बनेका चलचित्रलाई समावेश गरिने आयोजकले जनाएको छ । एसएमएस भोटिङ्बाट आएको अङ्कलाई ५० प्रतिशत र निर्णायक समूहले प्रदान गर्ने ५० प्रतिशत अङ्कको आधारमा सम्मानका लागि छनौट हुने भएको छ । भदौ २४ देखि असोज ५ गतेसम्म अवार्ड समारोहमा सहभागिता जनाउन फारम भरिने यस कार्यक्रममा असोज १६ गते सम्मान प्रदान गरिने अध्यक्ष लोप्चनको भनाइ छ ।

तपाईको प्रतिक्रिया