प्रदेश २ मा एकीकृत समाजवादीको पक्षमा थप दुई सांसदकाे सनाखत

  भदौ २१, २०७८

ढल्केवर, भदौ २० : प्रदेश २ मा नेकपा एकीकृत समाजवादीको पक्षमा थप दुई जना प्रदेश सभासदस्यले सनाखत गर्नुभएको छ । आइतबार प्रदेश सभासदस्य सीता गुरुङ्ग र सन्दुरप्रसाद विश्वकर्माले प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर सनाखत गर्नुभएको हो ।

योसँगै प्रदेश २ मा नेकपा एकीकृत समाजवादीको पक्षमा १२ जना प्रदेश सभासदस्यले सनाखत गर्नु भएकाे छ । बिहीबार १० जना प्रदेश सभासदस्यले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको थियो ।

बिहीबार प्रदेश सभासदस्य विश्वकर्मा र गुरुङ्ग नेकपा एमालेले विरगंजमा आयोजना गरेको प्रदेश कमिटीको बैठकमा सहभागिबारे  प्रदेश सभासदस्य विश्वकर्माले निर्वाचान आयोगद्वारा भदौ २२ गतेसम्म सनाखत गर्ने समय सीमा तोकिएको र त्यसअघि एमालेमै रहेको बताउनुभयो । उहाँले आज सनाखत गरेपछि आधिकारीरुपमा नेकपा एकीकृतको सभासदस्य भएको कार्यकता भएको उहाँले भन्नुभयो ।

प्रदेश सभासदस्य डिल्लीप्रसाद उप्रेतीको भारतको दिल्लीस्थित क्यान्सर रोगको उपचार भइरहेको छ । उहाँको सनाखत आज साँझसम्म भइसक्ने प्रदेश सभासदस्य सत्रुधन महतोले जानकारी दिनुभयो । उहाँको सनाखतका लागि भारतीय दुतावास मार्फत प्रक्रिया अगाडी बढाइ सकिएकोले आज साँझसम्म सनाखतको काम पुरा हुने दावी उहाँले गर्नुभयो ।

तपाईको प्रतिक्रिया