नेपालगञ्ज विमानस्थलबाट चारकिलो सुनसहित दुई जना पक्राऊ

  भदौ १८, २०७८

नेपालगञ्ज, भदौ १८ : नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा चारकिलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।

सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाति रहेको डिएसपी न्यौपाने ले बताउनुभयो ।

तपाईको प्रतिक्रिया