सुवेदी प्रकृति संरक्षण सङ्घको कानुनी सल्लाहकारमा नियुक्त

  भदौ १७, २०७८

लण्डन, भदौ १७ : बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ ।

यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११ सम्म बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्याविरिधि गर्नुभएका सुवेदीले बेलायतमा परराष्ट्रमन्त्रीका सल्लाहकार र कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरी सक्नुभएको छ । बेलायती महारानीबाट ओबिई प्राप्त गर्नुभएका सुवेदी अन्तर्राष्ट्रिय कानुनका विज्ञका रुपमा बेलायतमा परिचित हुनुहुन्छ । वातावरणका १५ वटा विविध क्षेत्रमा काम गरिरहेको यस संस्थाको नेपालमा समेत कार्यालय रहेको छ ।

तपाईको प्रतिक्रिया