न्युजिल्याण्डले १८ वर्षमा पहिलो पटक पाकिस्तान भ्रमण गर्दै

  साउन २१, २०७८

काठमाडौं, साउन २२ : पाकिस्तानले घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट वापसीको प्रयासलाई निरन्तरता दिदा न्युजिल्याण्डले पाकिस्तान भ्रमण गर्ने लगभग तय भएको छ । तालिका सुनिश्चित भए १८ वर्षमा पहिलो पटक न्युजिल्याण्डको क्रिकेट टोलिले पाकिस्तान भ्रमण गर्नेछ ।

पाकिस्तालने अगाामी सेप्टेम्बर महिनाका लागि न्युजिल्याण्डसँग तीन अन्तर्राष्ट्रिय एकदिबसीय र पाँच टी ट्वान्टी खेल्ने तालिका सुनिश्चित गर्न केन्द्रित भएको छ । एकदिबसीय खेल रावलपिण्डीमा र टी ट्वान्टी लाहौरमा खेलाइने गरी तयारी भइरहेको छ । सन् २००९ मा श्रीलङ्काली क्रिकेट टोलिमाथि आक्रमण भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट लगभग शून्यको अवस्थामा पुगेको छ । हालैका दिनमा दक्षिण अफ्रिका, वेष्टइन्डिज, बङ्गलादेश, श्रीलङ्का र जिम्बाबवेले पाकिस्तान भ्रमण गरेका छन् ।

पाकिस्तानले अष्ट्रेलियाली क्रिकेट टोलिलाई आयोजना गर्ने तयारी समेत गर्दैछ । सन् २०२२ अष्ट्रेलियाले पाकिस्तानको भ्रमण गर्न सक्ने बताइएको छ । सन् २०२४–२०३१ चक्रका लागि पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को प्रतियोगिता आयोजना गर्ने प्रस्ताब गरेको छ ।

तपाईको प्रतिक्रिया